साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

बढ्यो हवाई भाडा दर (सूचीसहित)

काठमाडौं । वायुसेवा संचालक संघले आज रातिबाट लागू हुने गरी वायुसेवाको भाडादर बढाएक छ  । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका हुन् । निजी वायुुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन आफ नेपालले मंगलबार देखि लागु हुने गरि आन्तरिक हवाई भाडामा अधिकतम ८५ रुपैयाँसम्म वृद्धि गरेको हो । अन्तरिक हवाई सेवामा साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको छ । 

पछिल्लो पटक आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निगमले पनि बायुसेवाको भाडा वृद्घि गरेको  संघले आज प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

 बताइएको छ  । आयल निगमले स्वचालित प्रणाली अनुसार गत ४ गते हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँ बढाएको थियो ।संघका प्रवत्ता योगराज कंडेल शर्माका अनुसार आयल निगमले जे जति रुपैयाँ हवाई इन्धनमा बढाउँछ सोही अनुरुप वायुसेवाले पनि आफ्नो हवाई ‘फ्यूल चार्ज’ लागू हुनेछ । जसका कारण हवाई भाडा स्वतः बढ्ने भएको हो । 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : ३५ बजे