‘एउटै नाउरको सिकार गर्न २३ लाख’

क्यानडामा हरदीप सिंहको हत्या आरोपमा ३ भारतीय पक्राउ

काठमाडौं । क्यानडाले सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।  
गत जुनमा मुखौटाधारी बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको क्यानडाको भ्यानकुभर नजिकै गोली हानी हत्या गरेका थिए।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएका थिए। त्यसपछि भारत र क्यानडाबीच कूटनीतिक तनाव बढेको देखिन्छ। भारतले भने क्यानडाद्वारा लगाइएका आरोप अस्वीकार गरेको थियो।

पक्राउ पर्नेहरू २२ वर्षीय करण बरार, २२ वर्षकै कमल प्रीत सिंह र २८ वर्षीका करण प्रीत सिंह रहेका बीबीसि समाचारमा उल्लेख छ।

तीनै जना अल्बर्टाको एडमन्टनमा बस्थे। उनीहरू सोही ठाउँबाट प्रहरीले पक्राउ गरेको हो। अदालतको अभिलेख अनुसार तीनै जनालाई नियोजित हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ। बीबीसी

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : ३१ बजे