‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सन्दीपको मुद्दामा जेठ १ गते पेशी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी जेठ १ गतेलाई पेशी तोकिएको छ ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन गएका थिए । उनको उक्त पुनरावेदन मुद्दामा आज पेशी भएपनि न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित भएको हो ।

उनको मुद्दामा आज मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तोकिएपनि यसअघिको सुनुवाइमा न्यायधीश निरौलाले नै झगडिया झिकाउने आदेश दिएको कारण हेर्न नमिल्ने सूचीमा परेको हो ।

झगडिया झिकाउने आदेश दिने न्यायाधीशले स्वार्थ बाझिने भन्दै अर्को सुनुवाइ नगर्ने अभ्यास छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ३ : ५१ बजे