‘नेशनल डे कन्सर्ट’ सम्पन्न

संसार बदल्न सिकाउने कार्लमार्क्सको दुईसय छ औ जन्म जयन्ती आज 

काठमाडौँ। आज कार्लमाक्र्सको  दुईसय छ औ जन्म जयन्ती मनाइँदै छ। मार्क्स जसले संसारको ब्याख्या मात्र गर्नुभएन संसार बदल्ने तरिका सिकाउनु भयो।  त्यही अनुसार नेपालमा ठुलो सङ्ख्यमा माक्र्सवादीहरुको उपस्थिति छ। सरकार, सदन सडक  लगायत बिभिन्न निकायमा आज नेपालमा माक्र्सवादीहरुको राम्रो उपस्थिति छ। 

आजभन्दा ठिक दुईसय छ  वर्ष अगाडि तत्कालीन पर्सिया राज्यको त्रियार नगरमा कार्ल मार्क्सको जन्म भएको थियो । दोस्रो सहस्राब्दीकै महानतम् सामाजिक चिन्तक कार्ल मार्क्सको द्वि शताब्दी जन्म जयन्ती आज हो  

कार्ल मार्क्सले तत्कालीन युरोपको प्रारम्भिक पुँजीवादी विकास क्रमलाई आधार बनाएर त्यसका वैचारिक, आर्थिक, राजनीतिक, सामाजिक र मनोवैज्ञानिक सङ्कटहरूलाई उधिन्ने र मानव समाजलाई नयाँ समुन्नत भविष्यतिर अनु प्रेरित गर्ने काम गर्नुभएको थियो ।

मूलतः मानव इतिहासको आजसम्मको उन्नत विचार द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणको विकास, पुँजीवादी समाजमा विद्यमान आर्थिक असमानता र त्यसको कारकत्वको रूपमा अतिरिक्त मूल्य सिद्धान्तको प्रतिपादन, श्रमिक लोकतन्त्र तथा वैज्ञानिक समाजवादको अवधारणा र समाजवादी मजदुर आन्दोलनको उठानमा उहाँको योगदान अद्वितीय थियो ।

उहाँको यी महानतम् योगदानहरू मानव जातिले ले जहिल्यै सम्झना गर्दै छन्  । एक्काइसऔ शताब्दीमा उहाँको वैचारिक योगदानहरुको सान्दर्भिकता अझै बढेर गएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ११ : ३० बजे