दुर्गमका विद्यार्थीलाई झोला वितरण

​​​​​​​ललितपुर। काभ्रेको बनेपामा रहेको बि एन्ड बि कन्सल्टेन्सीले दुर्गम क्षेत्रका विपन्न विद्यार्थीलाई झोला वितरण गरेको छ । 
शुक्रवार एक कार्यक्रमको आयोजना गरी  महांकाल गाउँपालिका वडा नं. ६  ठुलादुर्लुङ कपिराम ललितपुरमा रहेको बागमती आधारभूत विद्यालयका १०० भन्दा माथि  बालबालिकालाई झोला वितरण गरिएको हो । गरिबीका कारण कुनै पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यका साथ कन्सल्टेन्सीले दुर्गमका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको हो ।

बाल विकास देखि कक्षा ८ सम्मका  बालबालिकाहरूलाई  ब्याग  झोला वितरण गरिएको हो । विपन्न बालबालिकालाई झोला, वितरण गरिएको बि एण्ड बि कन्सल्टेन्सीकी म्यानेजिङ डाइरेक्टर एवं  मौसमी फाउन्डेसनकी संस्थापक अध्यक्ष मौसमी लामाले जानकारी दिइन। न्यून आय भएका विद्यार्थीलाई झोला वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने लामाले बताईन ।  

झोला पाएपछि विपन्न बालबालिकालाई पठनपाठनमा सहज हुने छिमेकी गाउँपालिका बागमती गाउँपालिका नम्बर ७  का वडा अध्यक्ष होम प्रसाद बजगाईले बताए । झोला अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरूलाई सहज भएको उनको भनाइ छ । विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई झोला हस्तान्तरण गरेको छ ।

उक्त विद्यालयमा १ सय  जना भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।बागमती आधारभूत विद्यालयका विव्यस अध्यक्ष तुल बहादुर पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा  राष्ट्रिय तामाङ घेदुङका महासचिव समाजसेवी प्रबिन कुमार बल बि एण्ड बि कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर मौसमी लामा, डाइरेक्टर साङ्गे लामा (पदम), वडा अध्यक्ष होम प्रसाद बजगाई,वडा सदस्य राज कुमार घिमिरे, सञ्चारकर्मी एवं ब्यवसायी कर्म लामाको विशेष उपस्थिति रहेको थियो । बाल विकास कक्षादेखि ८ सम्मका बालबालिकाहरूलाई सामाजिक, आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरू सिकाई वातावरण सिर्जनामा सहजताको लागि झोला सहयोग गरिएको बि एण्ड बि कन्सल्टेन्सीका डाइरेक्टर साङ्गे लामा (पदम) ले बताए   ।

उनले एकता र भावनात्मक रूपमा अडिग रहेर शिक्षा, स्वास्थ्य, संस्कृति, कृषि र सामाजिक विषयलाई विकासमा रूपान्तरण गर्दै अगाडि बढ्नु आवश्यकता रहेको बताए । आफु जन्मेको हुर्केको गाउँ र पढेको विद्यालयका बालबालिहरुलाई सहयोग गर्न पाउँदा म आज खुसी छु गरिबीका कारण कुनै पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यका साथ अघि बढिरहेको स्मरण गराउँदै उनले भने,  ‘हामी यहाँको बालबालिकाको  लागि सधैँ दुर्गम बासीको सारथि बन्न तयार छौ ।’ बि एन्ड बि कन्सल्टेन्सीले विगत दुई दशकदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ११ : ०८ बजे