देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सदरमुकामभन्दा विकटमा छ व्यवस्थित बिजुली

​​​​​​​मुगु। विकास र भौगोलिक  दृष्टिकोणले  अति  बिकट मानिने मुगुको  सदरमुकाम गमगढी भन्दा पुर्वी करान भेगका बस्तीहरूमा व्यवस्थित रूपमा बिद्युत् सेवा उपलब्ध रहेको पाइएको छ  ।  गमगढी  लगायत  आसपासका गाउँहरूमा अघोषित रूपमा लाेडसेडिङ भइराखेका बेला  करानका बस्तीहरूमा भने नियमित बिद्युत् उपलब्ध हुने गरेकाे छ ।

केही बर्ष  अघि  मुगुम् कार्माराेङ् गाउँपालिका वडा नं‍  ५  लादेगाड र सोही गाउँपालिका वडा नं ६  रिउस बगरमामा  कादुरी नामक एक बेलायती अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय बासीहरूको सहभागितामा करिब १५ करोड भन्दा बढी रकमको लगानी गरेको छ ।  दुई वटै ठाउँबाट उत्पादित बिजुलीले  करानका १२ वटा बस्ती समेटिएका छन् भने दाेल्फु बाहेक पाँपु, छाईल, चिमाँत र मुगु गाउँमा पेल्ट्रिक सेट जडान गरिएका छन् । 

हाल   करान भेगका १७ वटा बस्ती मध्ये १६  गाउँ, बस्तीका साढे १३ सय घरधुरी बिद्युतकाे पहुँचमा रहेका  मुगुम् कार्माराेङ्ग गाउँपालिकाका आइटी अफिसर  साेबिन्द्र बहादुर मल्लले बताउनुभयाे । 

भौगोलिक तथा मानवीय सूचकाङ्कमा  जिल्लाकै पछि रहेको कार्माराेङ्का बिकट बस्तीहरूमा  बिद्युतकाे पहुँचले लामा समुदायका मानिसहरूलाई निकै राहत  मिलेको छ । लादेगाड र  रिउस बगरमा निर्माण भएका दुई वटै बिद्युत् योजनामा १ सय किलो वाटका दरले जम्मा २ सय किलो वाट  बिद्युत् उत्पादन क्षमता रहेको छ ।  अत्यन्तै व्यवस्थित तरीका बाट बनाइएका  दुई वटै बिद्युत् योजनाहरू बाट गाउँ बस्तीमा  काठको काम, धान कुट्ने , पिठो पिस्ने र तेल पेल्न समेत सहज भएको मुगुम् कार्माराेङ् गाउँपालिकाका अध्यक्ष छिरिङ् क्याप्ने लामाले बताउनुभयाे ।  उहाँले भन्नुभयाे जिल्लाका अन्य बिद्युत् योजना आयोजना भन्दा अत्यन्तै व्यवस्थित छ पोल, गाड्ने, देखि लिएर लायन बिस्तार , पावर हाउस निर्माण लगायत सबै काम चिटिक्क, तवरले  निर्माण भएको र  शनिवार बाहेक अन्य समयमा निरन्तर बिद्युत् उपलब्ध  हुने गरेको   अध्यक्ष  लामाले बताउनुभयाे   । यस्तै नमुना योग्य काम सबै तिर भइदिए त  देश विकास हुन समय नलाग्ने समेत लामाले तर्क गर्नुभयाे ।   

पुर्खाै देखि झराेकाे दियालो बाल्दै आएका लामा समुदायका मानिसहरू २,३ बर्ष यता बिद्युत्ले ठुलो राहत मिलेको छ । आफ्नो धर्म र संस्कृति  प्रति अत्यन्तै विश्वास  राख्ने  लामा समुदायमा राती पूजा ,आजा र  अन्य घर भित्रकाे काममा हामी महिला हरू  बढी खटिनु पर्ने भएकाले  आफुहरूलाई रातिको समयम  गर्ने काममा धेरै  सहजता आएको  वडा  नं ७ मह गाउँ निवासी छेयाङ्जुम् लामाले  बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘पुराना दु:खका दिन गए अब  के के हेर्न पाईने हाे ?’ 

गाउँमा  बिद्युत्ले धेरै  राम्रो भएको छ। बच्चा लाई रातिको समयमा पढाइ  लेखाईदेखि  घर भित्र गरिने काममा अत्यन्तै सजिलो छ । मोबाइल चार्जदेखी टिभी हेर्नसमेत पाइएको छ , वडा नं ७ महकै पात्मा नुर्बु लामाले बताए ।  उहाँले भन्नुभयाे,  ‘बिजुली बत्ती भनेको गाउँको गहना जस्तै हो  । बत्ती भएन भने  एकै छिन धेरै अन्य सुविधा बाट वञ्चित हुनु पर्छ । र बत्ती नुहुँदा एकैचोटी अन्धकारले सन्नाटा छाउँछ ।’

मुगुम्  कार्माराेङ्का जम्मा १४ सय घरधुरी र १७ बस्ती मध्ये  दाेल्फु  गाउँ भौगोलिक हिसाबले अन्य बस्ती भन्दा अलि टाढा  भएकाले  बिद्युत् बिस्तार हुन सकिएको छैन  । हाल  दाेल्फु गाउँमा साेलार बत्तीले त्यहाँका स्थानीयले काम चलाउनु परेको छ । मुगु , चिमात, छाईल पाँपुमा  गाउँ पिच्छे  पेल्ट्रिक सेट योजना बाट  बिजुली बालिएको छ । लादेगाड र रिउस बगरको २ सय किलोवाट बिद्युत्ले सेराेग,रिउस,मह, माग्री,पुअ,पुलु, ढुङ्गेधारा, दाउरा,चितै,कार्तिक,किम्री, ताखा, खारी ,  मुगु , मह, माग्री ,चितै कुनामा  बिद्युत् सेवा पुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ९ : ४३ बजे