साफ यू–१७ च्याम्पियनसिप आजदेखि

यस्तो छ माधव नेपाललाई सोधिएको स्पष्टिकरण (पत्रसहित)

काठमाडौं । नेकपा एमालेले संघीय संसदका २७ जना र प्रदेशका पाँच जनासहित ३२ जना सांसदलाई सांसद पदबाट हटाउने तयारी थालेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनको स्पष्टिकरण सहितको पत्र आज दिइएको छ ।

पाँच बुँदे स्पष्टीकरणमा प्रधानमन्त्री ओली सोध्नुभएको छ, ‘तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने ? तपाईंलाई संघीय संसदको पदबाट किन नहटाउने ? आधार कारणसहित दुई दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।’ त्यस्तै ओलीले पार्टी बैठकका निर्णयका बारेमा भ्रम सिर्जना गरी पार्टीको विधान र निर्देशन विपरीत नयाँ राजनीतिक दल दर्ता गर्नु अघिको संगठनात्मक आधार तयार गर्न भेला आयोजना गर्दै हिड्नुको कारण पनि सोध्नुभएको छ ।

उहाँले चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गर्नुको कारण पनि स्पष्टिकरण पत्रमा दिन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : २८ बजे