काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा पर्नुभएको छ । सशस्त्र प्रहरीका असई थमन विक हत्या आरोपमा महोत्तरी जिल्ला अदालतबाट शर्मालाई जन्मकैद फैसला भएपछि शर्मालाई निलम्बन गरिएको हो ।
शर्मा लोसपाबाट मधेस प्रदेश सभा सदस्य हुनुहुन्थ्यो।
प्रदेश सभा सचिवालयका सचिव अरूणकुमार झाले एक सूचना प्रकाशित गर्दै शर्मालाई मधेस प्रदेश सभा सदस्य पदबाट निलम्बन गरिएको जानकारी दिनुभएको हो ।
जिल्ला अदालतको फैसलालगत्तै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले बैशाख १८ गते शर्मालाई पदबाट निलम्बन गर्ने निर्णय गर्नुभएको थियो ।
प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार ६ : १९ बजे
प्रतिक्रिया