दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अबदेखि एक सय रूपैयाँको नोटमा चुच्चे नक्शा

एक सय रूपैयाँको नेपाली नोटमा अब गैंडाको मात्र होइन नयाँ विशेषता थपिने भएको छ ।

सय रूपैयाँको नोटमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको समेत भूभाग समेटिएको नयाँ नेपालको नक्शा समेत समावेश हुने भएको हो । जनबोलीको भाषामा चुच्चे नक्शाको रूपमा चिनिएको सो नक्शा नेपाली मुद्रामा ल्याउने सरकारले गरेको छ । नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटमा नेपालको चुच्चे नक्सा प्रयोग गर्ने निर्णय गरेको छ ।अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो स्वीकृति प्रदान गरेको हो। 

नयाँ नोट छाप्न लागिएकोमा सरकारले त्यसमा चुच्चे नक्शा समावेश गर्ने निर्णय गरिएको र यो नोट छिट्टै प्रचलनमा आउने बताइएको छ। 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ५ : ०२ बजे