‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बाँकेमा एक साता लकडाउन

नेपालगन्ज । कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि बाँकेमा एक साता लकडाउन हुने भएको छ । वैशाख ९ गतेदेखि लकडाउन गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले हाललाई एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा एक साता लकडाउन गर्ने निर्णय गरिए पनि आवश्यकता अनुसार लम्ब्याउन सकिने प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : १० बजे