नुवाकोट । काठमाडौँ–त्रिशूली भएर चल्ने ईभी माइक्रो बसको भाडा घट्ने भएको छ ।
नुवाकोटमा रहेका विभिन्न यातायात समितिले बिहीबार २० गते देखि लागुहुने गरी भाडा घटाउने बताएका हुन् । टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीका अनुसार ईभी माइक्रोको भाड तीन सय ३० रुपैयाँ कायम गरिएको छ । यात्रुहरुको माग र सरोकारवालाहरुको आग्रह अनुसार ईभी माइक्रोको भाडा घटाएको उनले बताए ।
यस्तै जिल्लामा रहेको अन्य यातायात समितिद्धारा सञ्चालित ईभी माइक्रोहरूले पनि २० गते बिहीबार देखि भाडा घटाउने बताएका छन् ।
यसअघि ईभी माइक्रोको भाडा ३ सय ५० रुपैयाँ कायम गरिएको थियो । सरकारले ईभी गाडीको भाडा निर्धारण नगरेको कारण यातायात व्यवसायीहरूले ईभीको भाडा आफु्खुशी लिँदै आएका छन् ।
नुवाकोटमा टिमुरे यातायात प्रा.ली, नमस्ते पासाङल्हामु यातायात प्रा.ली र नेपाल माइक्रोबस कम्पनी प्रालिले ईभी माइक्रो सञ्चालन गरिरहको छन् ।
प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार ५ : ०२ बजे
प्रतिक्रिया