दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौः मुख्यमन्त्री कँडेल

काँक्रेबिहार ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्नेगरी सरकार अगाडि बढिरहेको बताउनुभएको छ । 

 प्रदेशसभाको आजको बैठकमा उहाँले विगतमा जस्तो अब असारमा योजना कार्यान्वन गर्ने पक्षमा आफू नरहेको बताउनुभयो ।  “जेठ मसान्तभित्र सबै कामहरु गरिसक्ने गरी सरकार अगाडि बढिरहेको छ । मेरो नेतृत्वको सरकार असार महिनामा कुनै पनि ठेक्का लगाउने र योजना कार्यान्वयन गर्ने पक्षमा छैन”, मुख्यमन्त्री कँडेलले सभामा भन्नुभयो । 

उहाँले चालु आवका विभिन्न योजना शीर्षकमा बाँकी रहेको रकम प्राथमिकताका आधारमा क्रमागत र बहुवर्षे योजनामा खर्च गर्न आफू तयार रहेको समेत बताउनुभयो । मुख्यमन्त्री कँडेलले सबैले अनुभूत गर्ने गरी सरकारले काम गर्ने र सङ्घीय सरकारलाई बजेट विनियोजनका लागि पठायएका योजनामा समेत आफूले त्यही मान्यतालाई अनुशरण गरेको बताउनुभयो । 

त्यस्तै, अघिल्लो सरकारले गरेका राम्रा कामहरूलाई प्राथमिकता राखेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।  प्रदेशसभाका हिउँदे अधिवेशन आजैदेखि अन्त्यका लागि सिफारिस गरेको पनि उहाँले सदनलाई जानकारी गराउनुभयो । 
 

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : ४८ बजे