साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर। भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्। 

भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई बलात्कार आरोपमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो। 

फाजुले ती बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  २ : ४२ बजे