दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मुर्रा राँगाबाट धमाधम वीर्य उत्पादन हुँदै

​​​​​​​बाँके ।भारत सरकारले अनुदानमा दिएको उन्नत जातको  मुर्रा राँगाबाट वीर्य  सङ्कलन सुरु गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड भारत भ्रमण गएको बेला सम्झौता भइ गत मंसिरमा नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगाबाट वीर्य उत्पादन सुरु गरिएको छ।

 

भारतबाट नेपाल ल्याइएका १५ वटा मुर्रा राँगामध्ये   ३ वटा मुर्रा राँगाबाट नेपालगन्ज राखिएको र ती मध्ये  २ वटाबाट वीर्य सङ्कलन गर्न सुरु गरिएको डा। सापकोटाले बताउनु भयो। भारतबाट नेपाल ल्याइएका मुर्रा राँगामध्ये २ वटा मुर्रा राँगाबाट १४३ डोज जमेको वीर्य उत्पादन गरिएको डा। सापकोटा बताउनु हुन्छ।

पशु बिकास अधिकृत डाक्टर मिलन चौधरीले कार्यालयमा दुई वर्षदेखि उन्नत जातका साढे, राँगा र बोयर बोकाबाट कृत्रिम गर्भाधानबाट वीर्य सङ्कलन गरि लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा पठाउने गरिएको बताउनु भयो उहाँले वीर्य सङ्कलन गरि ३५ डिग्री देखि प्रशोधन गरि माइनस १४० डिग्री सेल्सियससम्म भण्डारण गर्ने भएकोले गुणस्तरमा कमी नहुने बताउनु भयो ।

कार्यालयका पशुसेवा प्राविधिक देवनारायण जैसीले कार्यालयबाट  मुर्रा राँगा जर्सी तथा बोयर बोकाबाट यसवर्षको चैत्र मसान्तसम्म ६५ हजार ४० डोज वीर्य उत्पादन गरिएको बताउनु भयो। उहाँले यो तथ्याङ्कमा भारतबाट ल्याइएका  मुर्रा राँगाबाट सङ्कलन गरिएको १४३ डोजसमेत सामेल भएको बताउनु भयो। 

कार्यालयमा भारतीय मुर्रासहित राँगा  १९ वटा ,साढे १२ वटा , बोका १७ वटा र बाख्रा ४ वटा गरि जम्मा ५२ बटा पशुहरू रहेका छन् । यी मध्य ३२ वटाबाट कृत्रिम वीर्य उत्पादन गर्ने र बाँकीले प्राविधिक गर्भाधान गराउने गरिएको जैसीले बताउनु भयो।

उहाँले राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगन्जलगायत पोखरा र लाहानबाट राँगो र साँढेबाट वीर्य सङ्कलन गरिँदै आए पनि बोयर बोकाबाट भने नेपालगञ्ज कार्यालयबाट मात्र वीर्य सङ्कलन हुँदै आएको जानकारी दिनुभयो । उहाँले हप्तामा दुई दिन सोमबार र बिहीबार वीर्य सङ्कलन गरिने बताउनु भएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १ : ३० बजे