साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जुम्लामा सौतेनी आमाको हत्या गर्ने छोरी पक्राउ

जुम्ला । सौतेनी आमाको हत्या गरेको आरोपमा छोरीलाई पक्राउ गरिएको छ । जुम्ला पातारासी गाउँपालिका वडा नं। ३ छुमगाउँकी ५६ वर्षीय सुवा महताराको हत्या गरेको अभियोगमा छोरी नाता पर्ने हाँसु ऐडीलाई पक्राउ गरिएको हो ।

शनिवार साँझ छोरी नाता पर्ने ऐडीले सौतेनी आमा महतारालाई  ढुङ्गा र मुसलले प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । घटना शनिवार साँझ भए पनि ढिलो खबर आई पुगेको प्रहरीको टोली परिचालन गरेर आइतबार बिहान हत्या गर्ने छोरी नाता पर्ने हाँसु ऐडीलाई पक्राउ गरिएको जुम्लाका डिएसपी छेदिलाल कामतीले जानकारी दिनुभयो ।

हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी २६ वर्षीय ऐडीलाई प्रहरीले पक्राउ गरेको छ । ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको थियो । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ ।

डिएसपी कामतीले भन्नुभयो,‘छोरीको मानसिक सन्तुलन गुमेको र औषधी खाई रहेको भन्ने बुझिएको छ । ढुङ्गा र मुसलले हानेर शक्त घाइते भएको र समयमै अस्पताल ल्याउन नसक्दा मृत्यु भएको हो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्दैछ ।’

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १ : २२ बजे