‘एउटै नाउरको सिकार गर्न २३ लाख’

उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भयोः निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले इलाम र बझाङमा शान्तिपूर्ण र उत्साहजनकरूपमा उपनिर्वाचन सम्पन्न भएको जनाएको छ । 

शनिबार बेलुका प्रेस विज्ञप्ति जारी गरी आयोगले उपनिर्वाचन २०८१ अन्तर्गत इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ ९क० को मा शान्तिपूर्ण र उत्साहजनकरुपमा निर्वाचन सम्पन्न भएको जनाएको हो । 

आयोगले उपनिर्वाचन सम्पन्न गराउने कार्यमा भूमिका खेल्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचनमा सङ्लग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, मतदाता, पर्यवेक्षक, उम्मेदवारलगायत सबै क्षेत्र र समुदायप्रति आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।  त्यसैगरी मतगणना कार्यमा समेत सबै सरोकारवालाको सकारात्क सहयोग हुने अपेक्षा गरेको पनि आयोगले जनाएको छ । 

आयोगका अनुसार हाल मतदानको विवरण आयोगको सूचना प्रणलीमा प्रविष्ट हुने क्रम जारी छ भने मतदानस्थलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ढुवानी भइरहेका छन् ।
त्यस्तै, हालसम्मको विवरणअनुसार इलाममा करिब ५८ प्रतिशत र बझाङमा करिब ५० प्रतिशत मतदान भएको विज्ञप्तिमा उल्लेख छ । यसअघि विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा इलामको सोही निर्वाचन क्षेत्रमा ५९ दशमलव ७८ प्रतिशत र बझाङको सोही क्षेत्रमा ५२ दशमलब ९८ प्रतिशत मतदान भएको पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।
 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १० : ०८ बजे