दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नुपर्छ : सुहाङ नेम्वाङ

इलाम। इलाम क्षेत्र-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नु पर्ने बताउनुभएको छ।

बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाउनु भएको बाटोबाट आफू कतै विचलित नहुने बताउनुभयो। ‘उहाँले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उहाँले भन्नुभयो।

इलाममा आफू माओवादी केन्द्र, नेकपा माओवादी र परिवार दलको साझा उम्मेदवार बन्दा यो चुनावी एकता मात्र नभएर कम्युनिष्ट पार्टीको एकताको सुरुवात भएको सुहाङले बताउनुभयो। युवा र अनुभवी नेताको योगबाट मात्र समृद्ध नेपाल बनाउन सकिनेमा उहाँले जोड दिनुभयो।

नेपाली समाज इन्द्रेणी जस्तै रङ्गिन भएको बताउँदै सुहाङले जातीय पहिचानको नाममा कसैलाई पनि उत्सृङ्खल भएर प्रस्तुत नहुन आग्रह गर्नुभयो। सुख, दुःख, विकास सबै कुरा कुनै एउटा जातलाई मात्र नहुने बताउँदै उहाँले जातीय विभेदको अफवाह र भ्रम नफैल्याउन र त्यस्ता भ्रममा नपर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो। अब एकले अर्कालाई गाली गरेर होइन हाँसेर जनताको बिचमा जानु पर्नेमा सुहाङले जोड दिनुभयो ।

इलामले विकासमा फड्को मारेको बताउँदै सुहाङले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। ती बाँकी काम पूरा गर्न सबै एक भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ४ : २८ बजे