‘एउटै नाउरको सिकार गर्न २३ लाख’

उच्च अदालतले तत्कालका लागि रोक्यो पर्यटन बोर्डको सीईओ छनोट

​​​​​​​काठमाडौँ । ​​​​​​​पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रक्रिया तत्कालका लागि राकिने भएको छ । उच्च अदालत पाटनले सीईओ छनोटसम्बन्धी कुनै पनि काम नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै प्रक्रिया रोकिने भएको हो । 

सीईओ छनोटका लागि गठित उपसमितिले सीईओका लागि आवेदन माग गरी सर्ट लिस्टसमेत प्रकाशित गरिसकेको थियो । र सर्ट लिस्टमा रहेकाहरूको प्रस्तुतीकरण गर्ने तयारी भइरहेको थियो । तर, उच्च अदालतको आदेशसँगै यी सबै प्रक्रिया तत्कालका लागि रोकिएका छन् । 

सीईओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयनसमेत गैरकानुनी भएको र छनोट उपसमिति पनि अवैधानिक रहेको भन्दै उच्च अदालत पाटनमा रिट परेको थियो । सो रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले  अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

 देवकोटा र आचार्य मन्त्रिपरिषद्को निर्णयअनुसार नभई मन्त्रीस्तरीय निर्णयबाट बोर्ड सञ्चालक समिति सदस्यमा मनोनीत भएका थिए ।

 

 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ३ : ५४ बजे