दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

महोत्तरी । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।

बर्दिबासमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उहाँका श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाउनु भएको  छ ।

दुबै जना सवार प्र। ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल बर्दिबास नगरपालिका–२ कालापानी जङ्गल क्षेत्रमा दुर्घटना भएको थियो ।

 

दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ८ : ५५ बजे