दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमालेको हीरक महोत्सव : प्रचण्ड र देउवा विशेष वक्ता, माधवलाई पनि आमन्त्रण

काठमाडौं । नेकपा एमालेले नेकपा स्थापना दिवसका अवसरमा हीरक महोत्सव बनाउने भएको छ।

पार्टी स्थापना दिवसको अवसरमा वैशाख १० गते विशेष समारोहमा आयोजना गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयाे।

उहाँका अनुसार आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा बोलाइएको छ।

कार्यक्रममा नेकपा एसका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाललाई पनि आमन्त्रण गरिएको छ। 

कार्यक्रममा एक जना विशिष्ट व्यक्तित्वलाई विशेष सम्मान ‘गणतन्त्र गौरव’ बाट सम्मान गर्ने तयारी छ ।

एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्ड र देउवासहित तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलगायतलाई पार्टीका तर्फबाट निमन्त्रणा गरेकोको बताउनुभयाे ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ७ : ०१ बजे