इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको बताउनुभएको छ ।
इलाम-२ को उपनिर्वाचनमा सहगागिता जनाउँदै उहाँले आफूले बेइमानहरुसँग कहिल्यै पनि आफ्नो इमानदारिताको प्रमाण नदेखाउने प्रष्ट पार्नुभयो । तर, आफूले इमानदारहरुसँग भने आफ्नो इमानको प्रमाण देखाउने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘मलाई पत्रिकामा के लेखिन्छ, थाहा छैन् ? यो देशको इतिहास लेख्न हिँडेको मान्छे हुँ । पत्रिका आज सकिन्छ, इतिहास भोलि लेखिन्छ,’ उहाँले अगाडि भन्नुभयो,‘आजको पत्रिकाको हेडलाइनको चिन्ता होईन, भोलिको भविष्यको चिन्ता छ । तपाईंहरुले पत्रिकाको हेडलाईनको चिन्ता नलिनुहोस ।’
उहाँले यो देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटी रहेको सुनाउनुभयो । उहाँले आफ्नो नेतृत्वमा देशमा चितवनबाट निलो क्रान्ति गरेको धारणा व्यक्त गर्नुभयो । चुनावी अभियानका क्रममा उहाँले आफ्नो पार्टीबाट उम्मेदवार बन्नुभएका मिलन लिम्बुलाई विजयी गराउन अनुरोध गर्नुभयो ।
प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार ९ : २३ बजे
प्रतिक्रिया