‘एउटै नाउरको सिकार गर्न २३ लाख’

संघीय संसद्को वेबसाइट ह्मायाक : ह्याकरले लेख्यो– ‘स्टप सपोर्टिङ चाइना’

काठमाडौं । पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेबसाइटमा निरन्तर ह्याकरले पहुँच पुर्‍याइरहेका छन् ।

बिहीबार पनि संघीय संसद्को वेभसाइट ह्याक भएको छ । वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन् । फोटोमा लेखिएको छ– ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो, ‘हाम्रो पेज पूरै ह्याक भएको त छैन । तर, पेजमा स्पोन्सर हुने जस्तो गरी सामाग्री राखिएको रहेछ । केही समय अघि मात्रै हामीले थाहा पायौँ । यो बारे समाधान गर्ने कोसिस आइटी टिमले गरिरहेको छ ।’

सरकारी कार्यालय त्यो पनि संघीय संसदको वेबसाइट पछिल्लो समय निरन्तर जसो डाउन र ह्याक हुने प्रवृति बढेको छ । जसले संसदीय सूचनाको संरक्षणमा असर गरेको छ । अहिले भने साइडमा राखिएका उक्त सामाग्रही हटाइसकिएको छ । 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ८ : ५७ बजे