साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

वैवाहिक बन्धनमा बाँधिए एलिना र विष्णु

काठमाडौँ । गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन् ।  उनले बुधबार लामो समयदेखि प्रेमी रहेका सापकोटासँग परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन् ।

एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । बाग्लुङ निवासी विष्णु विवाहका लागि जन्तीसहित मंगलबार नै झापा पुगेका थिए । 

विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् भने एलिना नेपालमै गायनमा सक्रिय रहेकी छन् । 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १ : ५० बजे