साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बुद्धचित्त माला प्रकरण : आरोपित नै बोट धनीबाट करोडौं ठगिएको खुलासा 

​​​​​​​​काभ्रेपलाञ्चोक । काभ्रेको रोशीमा काटिएको बुद्धचित्त माला प्रकरणमा समातिएका आरोपित नै उल्टै माला धनीबाट ठगिएको खुलासा भएको छ । 

बुद्धचित्तको माला अज्ञात समूहले काटे पनि हाल समातिएका व्यक्तिलाई मालाधनीको त्यही पुरानो ठगी काण्ड छल्न ‘पोले’को हुनसक्ने धेरैको बुझाई छ । हुन् त यस विषयमा काभ्रे प्रहरीले अनुसन्धान गर्दैछ ।केही समयमै यस प्रकरणको पटाक्षेप हुने नै छ ।  रुख काटिएको समाचार र आरोपितहरू समातिएका विषयमा सनसनीपूर्ण समाचार आइरहँदा मालाको बोट धनीबाटै ठगिएका मानबहादुर तामाङ‘सिजन’को समाचार भने बाहरि आउन सकिरहेको छैन । त्यसैले हामीले उक्त प्रकरणको पटाक्षेप गर्ने प्रयास गरेका छौ । 

हो  बुद्धचित्तको रुख काटेको अभियोगमा प्रहरीले काठमाडौँबाट समातेका मानबहादुर तामाङ‘सिजन’ बुद्धचित्तको बोटका धनी  ठकुरानी तामाङका आफ्नै छोरा शेरबहादुर तामाङ बाटै ठुलो रकम ठगीमा परेका व्यक्ति हुन् । मानबहादुर  र भक्तपुरका व्यापारी  चौथी नारायण महर्जन मालाको बोट धनी शेरबहादुर र समिप  त्रिपाठीबाट अघिल्लो वर्ष दुई करोड १३  लाख भन्दा बढी ठगीमामा परेका थिए । आफूहरू ठगीमा परेको भन्दै सिजनले दर्ता गरेको मुद्दाको फैसला हुन नपाइरहेका बेला अज्ञात व्यक्तिहरूले मालाको रुख नै काटिदिएसँगै  पीडित मानबहादुर आरोपितका नाउँमा हाल प्रहरीको नियन्त्रणमा छन् । उक्त ठगी प्रकरणमा बुद्धचित्त मालाका बोट धनी शेरबहादुर तामाङ केही समय थुनामा परेको र समिप  त्रिपाठी लामो समयसम्म फरार भई अदालतमा ७५र७५ लाख धरौटी तिरेर छुटेका व्यक्ति हुन् । ठगी प्रकरणकै मुद्दामा समिक त्रिपाठी र शेरबहादुरको सम्पूर्ण बैङ्क खाता र चल अचल सम्पत्ति हालसम्म पनि अदालतमा रोक्का भइरहेको तथ्य हामीलाई प्राप्त भएको छ । माला खरिद गर्ने सम्झौता भए पनि मालाका लागि चाहिने लगानी रोक्का हुनु र माला खरिद गर्ने व्यक्तिहरू समिप त्रिपाठी र सत्यमान लामाको पछिल्लो आर्थिक अवस्थासमेत राम्रो नहुनुले माला प्रकरण थप शङ्कास्पद बनिरहेको छ । त्यसो त आरोपित मानबहादुरसँग मुद्दा फिर्ता लिनु पैसा मिलाइदिन्छौ भन्ने विषयमा छलफल गर्नका लागि उनीहरू बीच पटक पटक विभिन्न सम्पर्क व्यक्तिबाटसमेत कुराकानी हुने गरेको सिजन निकटका व्यक्तिहरू बताउँछन् । 

‘हाम्रो पैसा मिलाइदिने विषयमा कुराकानी हुन्थ्यो, अर्को कुरा हामी कानुनी उपचारमा पनि थियौँ, हामीले रुख काट्नु पर्ने कुनै कारण छैन, सिजन निर्दोष छ’उनीहरूले भने । 

 ‘हो केही दुष्मनी थियो तर त्यसको आधारमा अरू कसैले गरेको अपराधमा मुछेर माला किन्नका लागि लगानी गरी डुबेर कानुनी उपचार खोजिरहेका सिजनलाई नै उल्टै अपराधी करार गर्न खोज्नु के न्यायसङ्गत हो त रु उनीहरूको प्रश्न छ । ‘प्रहरी अनुसन्धान अघि बढिरहेको छ, कसैले पोलेकै आधारमा केही दिन अनुसन्धानका लागि नियन्त्रणमा लिएको व्यक्तिलाई अपराधी करार गरेर लेख्नु झन् ठुलो अपराध हो ।’ उनीहरूले भने । ‘जो व्यक्ति आफै ठगिएर मुद्दा लडिरहेको छ, न्याय मागिरहेको छ, त्यही व्यक्ति रुख काट्न किन जान्छ रु आफ्नो करोडौँ रकम रुख काटेर हैन, कानुनी उपचारबाट लिन सकिन्छ भन्ने विश्वास  सिजनसँग थियो, उसले प्रमाणसहित अदालतमा मुद्दा हालेको थियो, यस्तो व्यक्तिलाई पोल्नु भनेको काँक्रो आफू खाने र बियाँ अरूलाई टाँसिदिने जालसाजी मात्रै हो’ उनीहरूले भने । न्यायका लागि अदालतको दैलो चाहारिरहेका सिजन अदालतबाटै आफूले न्याय पाउने आशामा ढुक्क थिए,रुख काटिएको प्रकरणमा मुछ्न खोजिए पनि उनी निर्दोष छन्’उनीहरूले भने । प्रहरी निकट स्रोतले पनि उनको संलग्नता खासै यो घटनामा नदेखिएको बतायो । विप्लव माओवादीका केही नेताहरूसँग सम्पर्क रहेको आशङ्कामा मात्र उनलाई नियन्त्रणमा लिएको स्रोतले बतायो । माला काटिएको भनिएको दिन मानबहादुर मध्येबानेश्वर स्थित डेरामा थिए । मालाको रुख काटिएको हल्लाको केही समयमै उनलाई प्रहरीले काठमाडौँ पक्राउ गरेको थियो ।  रोशी र काठमाडौँको दुरी धेरै लामो छ । घटनामा संलग्न हुन्थे भने मान्छे कसरी कोठामा आइपुग्छ रु विपीराजमार्ग, अरनिको हाइवे भक्तपुर र काठमाडौँका ठाउँ ठाउँका सि सी क्यामरा छन् चेक जाँच गर्दा पत्ता लागि हाल्छ रु सिजनका आफन्तले दाबी गरे । मालाधनीको पुरानो रिसीबीकै कारण उनलाई पोलिएको र उनले माला धनीसहित समिक त्रिपाठीलाई हालेको मुद्दा छल्न खोजेको उनीहरूको दाबी छ । 

समिक त्रिपाठी र सत्यमान लामा, पक्राउ परेका प्रभात लामा यस अघि माला लुट्ने विप्लव माओवादीका सागर मैनालीसँगसमेत सम्पर्कमा रहेका व्यक्ति हुन् । विप्लव माओवादीको केही प्रभाव रहेको उक्त क्षेत्रमा माला किन्ने व्यापारीले उनीहरूको चित्त नबुझाई माला कुर्नै सक्दैनथे । काभ्रेको दुर्गम ठाउँ भएकाले व्यापारीहरूले विप्लवका कार्यकर्ताहरू चित्त बुझाउनु पर्ने बाध्यता नै थियो । आफूहरूले माला किनेको र आफूहरूलाई सिजनले मुद्दा हालेको भन्दै उनीहरूले मैनालीलाई मुद्दा मिलाइदिन गुहार माग्ने गरेको स्रोतको दाबी छ । कहिले मुद्दा मिलाइदिने नाउँमा त कहिले माला नै कब्जा गरिदिनेभन्दै विप्लवका कार्यकर्ताहरूले समीप लगायतको टोलीसँग उठबस र बार्गेनिङ गर्ने गरेको स्रोतले बतायो । अन्ततः  हातहतियारसहित आएको टोलीले २०८० चैत्र २९ गते मालाको बोट नै काटिदियो । मालाको बोट काटिएको निहुँमा प्रहरीले बोट धनीबाटै करोडौँ ठगिएका सिजनलाई पक्राउ गर्‍यो । ठगी गर्नेहरू, माला लुट्नेहरू खुल्लमखुल्ला हिँडिरहेका छन् । यस क्षेत्रमा आपराधिक गतिविधि गर्नेहरू फरार  छन् । नियतिले ठगेका मानबहादुर (सिजन)यत्तिखेर न्यायको आशामा प्रहरी हिरासतमा छन्, उनीहरूले भने । 

यस सम्बन्धीत पुरनो न्युज हेर्न तलको लिंक वा सम्बन्धीत समाचारमा गएर क्लिक गर्नुहोस् 

https://chakrapath.com/newsdetails/107662?fbclid=IwZXh0bgNhZW0CMTAAAR0crpwycf1OZHEXeWXzw-5BZWkeTsboxxXb0X-gVcdPTV1-kc2sx0kXfjk_aem_AS2eUD_fuL21g6_gmCpog6urEtFCZV-b5i6aj1vMqxBjPefpV4FhJ7kCCMuX04Ugl9f0XUu_fH1HIgiMG5K9iRUJ

​​​​​​​२ करोड बढीको ठगी भएको रोशी माला प्रकरण स् मुद्दा छल्न दायर मुद्दा अन्तत खारेज

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ७ : १८ बजे