‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सलमानको घरमा गोली हान्ने दुईआरोपित गिरफ्तार

नयाँ दिल्ली ।  बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपितलाई पक्रन प्रहरी सफल भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूलाई प्रहरीले गुजरातको भुजबाट पक्राउ गरेको हो। 

घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले राति अबेर उक्त सफलता प्राप्त गरेको हो। 

गुजरात प्रहरीको टोलीले दुवैलाई पश्चिमी कच्छबाट पक्राउ गरेको पुष्टि गरेको छ। मुम्बई क्राइम ब्रान्चले उनीहरूलाई आज मुम्बई लानेछ। दुवैलाई मुम्बईमा सोधपुछ गरिने छ। 

आइतबार अभिनेता सलमानको घरबाहिर मोटरसाइकलमा सवार दुई जनाले गोली चलाएको थिए। यस मामिलामा ग्याङ्स्टर लरेन्स विश्नोईसँग सम्बन्धित व्यक्तिको नाम पनि सार्वजनिक भएको छ। 

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ९ : २७ बजे