साफ यू–१७ च्याम्पियनसिप आजदेखि

खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

नुवाकोट। धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनलाई पक्राउ गरेको छ ।

ककनी गाउँपालिका-२ ठुलोचित्रे बस्ने ३० वर्षीय मंगले तामाङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय डम्बर बहादुर तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

डम्बर बहादुरले आफ्नै घरमा मंगलेलाई खुर्पा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।
 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  २ : ५७ बजे