साफ यू–१७ च्याम्पियनसिप आजदेखि

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

प्युठान  । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झिमरुक गाउँपालिका –७ सिमलचौर बस्ने २६ वर्षीय नबिन जिसी पक्राउ परेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिसीले ती किशोरीलाई शनिबार राति ललाई फकाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  २ : ४४ बजे