एनपीएलको ट्रफी सार्वजनिक

इरानले इजरायलमा गरेका ९९ प्रतिशत मिसाइल आक्रमण आकाशमै ध्वस्त

काठमाडौँ । इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ । गएरातीदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो । 

यहि अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि इरानले सो को बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ ।

सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । 

इजरायली सेनाका अनुसार इरानले अहिलेसम्म १७० ड्रोन, ३० क्रुज मिसाइल, १२० ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको र ९९ प्रतिशतलाई आफ्नो एन्टी मिसाइल सिस्टमले आकासमै ध्वस्त बनाएको जानकारी दिएको छ ।

इरानले इजरायलमा आक्रमण शुरु गरेपछि संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायतले इरानको आक्रमणको निन्दा गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  १२ : १५ बजे