साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बुद्धचित्तको रुख काटेको अभियोगमा पूर्व जनमुक्ति सेनाका कमान्डर पक्राउ

काभ्रे । काभ्रेको रोशीमा चार वटा सकेट बम राखेर  बुद्धचित्तको रुख काटेको अभियोगमा प्रहरीले काठमाडौंको बनस्थलीबाट प्रभात तामाङलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रे स्रोतले  तामाङ पक्राउ परेको पुष्टी गर्यो । काठमाडौमा पक्राउ परेका प्रभातलाई राति नै प्रहरीले काभ्रे ल्याई सोधपुछ थालेको छ । यस अघि सोहि अभियोगमा मानबहादुर तामाङ भन्ने सिजन पक्राउ परेका थिए । उनी अहिले पनि  प्रहरी नियन्त्रणमै छन् ।  दुबै जनालाई आज म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ । 

रोशी गाउँपालिका ५ नागबेली निवासी ठाकुरानी तामाङको घरका ढोका र आँगनमा अज्ञात समुहले चार वटा सकेट बम राखेको थियो । उक्त बमलाई नेपाली सेनाको कालीजंग गण धुलिखेलले निष्क्रिय पारेको थियो ।

पक्राउ परेको ठाउँमा जनमुक्ती सेना नेपाल लेखेको ज्याकेटसमेत फेलापरेको थियो । हाल पक्राउ परेका प्रभात पूर्वजनमुक्ती सेनाका कमान्डर हुन् । उनी माला ब्यापारी सत्यमान लामा र समिक त्रिपाठीका निकट मानिने माला ब्यापारीसमेत हुन् । यो बोटको माला लामोसमयदेखि समिप त्रिपाठीले विभिन्न व्यक्तिसँग पार्टनर गर्दै किन्दै आएका थिए । यो बोटको मालामा धावा लामा समूहका गुण्डा भनेर चिनिने सत्यमान लामा जोडिएको बेलामा पटक पटक विबाद पर्ने गरेको थियो ।

यो पटक समिप र सत्यमानले माला किन्ने संझौता गरेका थिए । सिजन समिकका पुराना ब्यापारिक साझेदार हुन् । उनले अघिल्लो बर्ष लगानी गरेको पैसा नपाएको र आफुले किनेको माला आफ्नै साझेदारले लुटेको भन्दै मुद्दा दायर गरेका थिए ।

सिजन र समिपको झगडा परिरहेको बेला अरु कसैले मालाको बोट काटेर थप झगडा चर्काउन खेल रचेको हुनसक्ने  अनुमान गरिएको बेला समिक निकट ब्यापारी पक्राउ पर्नुले घटना थप राेचक बनेकाे  छ । प्रहरीले समिक त्रिपाठी र सत्यमान लामा निकट रहेका प्रभातलाई पक्राउ गर्नु र घटनास्थलमा जनमुक्ती सेनाको ज्याकेट र सकेट बम पनि फेला पार्नुले प्रहरी अनुसन्धान घटनाको निकट पुगेको अनुमान धेरैकाे  छ ।  

बिस्फोटक पदार्थ सहित गएका १५–२० जनाको समूहले रोशी गाउँपालिका ५ नागबेली निवासी ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बुद्धचित्तको रुख काटेको थियो । फूल फुल्दै गरेको बुद्धचित्तको रुख काटिएको प्रहरीले जनाएको छ । उक्त रुख यो वर्ष ३ करोडमा विक्री गरिएको थियो ।२०८० चैत्र २९ गते राति १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै काटेका थिए ।  

उक्त रुखमा फलेको फल चार वर्ष अघि पनि लुटिएको थियो । उक्त प्रकरणमा मुद्दा दायर भएका सोहि स्थानका सागर मैनाली लगायत कसैलाई पनि प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन । अहिले पनि सोहि समुहले उक्त रुख काटेको हुन सक्ने अनुमान भइरहेको बेला पूर्व जनमुक्ती सेना नेपालका कमान्डर पक्राउ परेका हुन् । अघिल्लो पटक माला लुट्ने सागर मैनाली भने विप्लव माओवादीका कार्यकर्ता हुन्  । 

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ११ : ४७ बजे