साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

राष्ट्रियसभा निर्वाचन जेठमा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि जेठमा  निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

संघीय संसद् सचिवालयले राष्ट्रिय सभामा एक पद रिक्त भएको जानकारी गराएपछि आयोगले निर्वाचनको मिति तोक्ने प्रक्रियाका लागि सोमबार गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

राष्ट्रिय सभा निर्वाचन ऐनमा रिक्त पदमा ३५ दिनभित्र निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार आयोगले निर्वाचनको मिति तोक्न पत्राचार गरेको हो । जेठ ७ मा पद रिक्त भएको ३५ दिनको अवधि पुग्दै छ ।

वाग्मती प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई माओवादी केन्द्रले आफ्नो दलबाट हटाएपछि थापाको पद रिक्त भएपछि उक्त स्थानमा वाग्मती प्रदेशभित्रैबाट पदपूर्ति गर्नुपर्ने भएको हो  ।

त्यसका लागि वाग्मती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी ३ सय ३८ जनाले मतदान गर्नेछन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १२ : ५२ बजे