साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमालेका यी सांसद पर्दैछन् कारबाहीमा (हेर्नुहोस सूचीसहित)

काठमाडौं । नेकपा एमालेले संघीय संसदका २७ जना र प्रदेशका पाँच जनासहित ३२ जना सांसदलाई सांसद पदबाट हटाउने तयारी थालेको छ ।

स्रोतका अनुसार माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनको स्पष्टिकरणसहितको पत्र आज वितरण गरिदैँछ ।

‘स्पष्टिकरण सोधिने सांसदहरूको सूची राति तयारी गरिएको छ,’ स्रोतले भन्यो, ‘चित्त बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उहाँहरूलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी छ ।’

यस्तै, कर्णाली प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गर्ने पाँच जना सांसदलाई पनि उही ब्यहोराको कारबाही हुने भएको छ ।

पार्टीले कारबाहीका लागि तयार गरेका सांसदको नामावली यस्तो छ

१. माधवकुमार नेपाल

२. भीम रावल

३. सुरेन्द्र पाण्डे

४. घनश्याम भुसाल

५. पवित्रा निरौला

६. झपट रावल

७. मेटमणि चौधरी

८. यज्ञराज सुनुवार

९. जीवनराम श्रेष्ठ

१०. झलनाथ खनाल

११. विरोध खतिवडा

१२. सोमप्रसाद पाण्डे

१३. भवानी खापुङ

१४. नारायण खतिवडा

१५. जयकुमार राई

१६. गणेश पहाडी

१७. दिपकप्रकाश भट्ट

१८. योगेशकुमार भट्टराई

१९. हिराचन्द्र केसी

२०. पुष्पाकुमारी कर्ण कायस्थ

२१. कल्याणी खड्का

२२. लक्ष्मीकुमारी चौधरी

२३. सरलाकुमारी यादव

२४. कृष्णलाल महर्जन

२५. नीरादेवी जैरु

२६. मुकुन्द नेउपाने

२७. रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसद :

१. प्रकाश ज्वाला

२. नन्दसिंह बुढा

३. कुर्मराज शाही

४. अम्बरबहादुर थापा

५. देवी ओली

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : १९ बजे