‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोरोना सङ्क्रमणबाट २० वर्षीया महिलाको मृत्यु

दाङ – कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ की २० वर्षीया महिलाको उपचारका क्रममा आज बाँकेको भेरी अस्पतालमा मृत्यु भएको तुलसीपुर उपमहानगरपालिका कोरोना स्रोत व्यक्ति बिमल केसीले जानकारी दिनुभयो । उहाँलाई गत चैत ३० गते कारोना सङ्क्रमण पुष्टि भएको थियो ।

उहाँको अढाइ महिनाको नवजात शिशु रहेको छ । उहाँका सासु आमा र भाईलाई पनि कोरोना सङ्क्रमण देखिएको छ । उहाँका भाईलाई कोरोना विशेष अस्पताल बेलझुण्डि दाङ र सासु आमाको भेरी अस्पताल बाकेमा भर्ना गरिएको स्रोत व्यक्ति केसीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : २० बजे