काठमाडौँ– मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले २०७७ चैत्र ३० र २०७८ साल वैशाख ०६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड १९ संक्रमणको जोखिम भएका स्थानका शैक्षिक संस्थाहरुको भौतिक पठनपाठन वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले शहरी क्षेत्र र भारतीय सीमा जोडिएका शहरका शैक्षिक संस्था, विद्यालय, कलेजलगायतमा हुने भौतिक उपस्थितिसहितको पठनपाठनमा रोक लगाउनुका साथै वैकल्पिक विधिबाट पठनपाठन गराउने निर्णय गरेको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार ९ : ११ बजे
प्रतिक्रिया