साफ यू–१७ च्याम्पियनसिप आजदेखि

माधव नेपालसहित २० जनालाई अन्तिम चेतावनीसहित २ दिने स्पष्टीकरण माग

काठमाडौ । नेकपा एमालेले माधव नेपालसहितका केन्द्रका चार निलम्बित नेता र प्रकाश ज्वाला लगायत कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ५ जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउने थप २० जनालाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको केन्द्रीय सदस्य महेश बस्नेतले चक्रपथलाई बताउनुभयो । अन्तिम चेतावनीपूर्वक स्पष्टीकरण सोधिनेहरूमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे साथै प्रकाश ज्वालासहितका नेताहरु छन् ।

उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गरिने बस्नेतले बताउनुभयो । 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : ४१ बजे