‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एकहजार २ सय २७ जना कोरोना संक्रमित थपिए, आठको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एकहजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म २३ लाख ५२ हजार ५०२ वटा आरटीपीसीआर परीक्षण गरिएको छ । यस्तै, मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ ।  ५४७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८५ हजार नौसय पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा २५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७५ हजार ५५५ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हाल सात हजार २५४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । अहिले ८१ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा  आठजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । योसँगै नेपालमा तीनहजार ९१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : ३५ बजे