साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मुख्यमन्त्री पोखरेललाई जसपाको साथ, मन्त्रिमण्डल पुर्नगठन हुँदै 

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चार बजे मन्त्रिपरिषद् पुर्नगठन गर्दै हुनुहुन्छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुइ मन्त्रीले राजिनामा दिएलगत्तै जनता समाजबादी पार्टीका चार जना मन्त्री बन्न लाग्नुभएको हो । 

माओवादी र कांग्रेस मिलेर मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नवित्दै जसपाले सरकारलाइ समर्थन गर्नेभएको हो । माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागिएको छ । लुम्बिनी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरिरहेको छ ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागिसकेको छ । मुख्यमन्त्रीका सहयोगी सरोज रेग्मीले चक्रपथलाई भन्नुभयो– सरकारमाथि कुने संकट छैन । जसपाको समर्थन छ । मन्त्रीहरुले चारबजे सपथग्रहण गर्दै हुनुहुन्छ ।’  

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ३ : ३० बजे