साफ यू–१७ च्याम्पियनसिप आजदेखि

केपी ओलीलाई घोक्रयाँउछौ, भित्तामा टास्छौ भन्दै हिड्ने प्रचण्ड र माधब नेपाललाइ अब जनताले धुलो चटाउँछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई घोक्राउछु धुलो चटाउछु भित्तामा टास्छौ भन्दै हिड्ने प्रचण्ड र माधब नेपाललाइ अब जनताले धुलो चटाएर भित्तामा टाँस्ने बताउनुभएको छ । नेकपा एमालेको दशौ महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा जारी बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले सति प्रथा अन्त्य भैसक्दा पनि माधव समुह त्यस्तै प्रथा रहिरहेको छ भन्दै भ्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो प्रथा रहदा पनि ती बिचरा अबला नारीहरुलाई आफ्नो पतिको नाउमा सति पठाइन्थ्यो । तर आज माधब नेपालहरु अर्काको लागि सति गैरहेछ्न । आफ्नो पार्टीको सरकार ढालेर अरुको सरकार बनाउन सांसदहरुलाइ फाँसी चडाउदैछ्न यो यीनको ऐतिहासिक अपराध हो।’ 

उहाँले भन्नुभयो, पत्रकार महासंघको चुनावमा प्रेस चौतारीको बिरुद्ध ११ संगठन मिलेर हराएछन अनि केपी ओलीलाइ सबक सिकायौ भन्दै फेरि लड्डु बाँडेरे। महासंघ जितेर के भयो ? के उपलब्धि प्राप्त गरे बुज्न सकिएन प्रधानमन्त्रीले भन्नुभयो । अब ४ पार्टी मिलेर हामीलाइ चौथो बनाउने रे ठिक विस्लेशन गर्नु भयो अब एमाले लडदैन मिलेर आउनु हामीले जिते २ तिहाइ ल्याउँछौं हारे बहुमत ल्याउँछौं । प्रचण्ड र माधब नेपाल अबको चुनावमा कहाँबाट लड्ने हो सांसद कसरी हुने हो  ? चुनाब पछाडि गठबन्धन बनाउन कोही आउने छैन तेही भएर चुनाव माधव नेपाल पक्षका लागि प्रतिगमन नै भएको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ३ : २१ बजे