साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमाले बैठक जारी, विष्णु रिजाल र सोम मिश्र पनि सहभागी

काठमाडौ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो मन्तव्य राख्नुभएको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले हौं भनेर एमालेकैविरुद्ध मतदान गर्ने,पार्टीविरुद्ध गतिविधि गर्ने र समानान्तर कमिटीहरु चलाउनेमाथि थप कारवाही हुने बताउनुभयो। बैठकमा माधव नेपाल पक्षका विष्णु रिजाल र सोम मिश्र पनि सहभागी छन् । 

बैठकले विभिन्न जिल्ला कमिटीको कार्यविभाजन गर्ने तयारी गरेको छ । त्यस्तै उपनिर्वाचन, अध्यक्ष र महासचिवको प्रतिवेदनमा छलफल गदैछ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  २ : ५७ बजे