साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावमा ४१ सांसदले हस्ताक्षर गरेका छन् । जसमा नेपाली कांग्रेसका १९, माओवादीका १७ र जसपाका ५ जना छन् ।
 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १ : ३० बजे