साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जापानद्वारा फाइजरलाई थप खोप आपूर्तिको लागि आग्रह

टोकियो । जापानी प्रधानमन्त्री योशीहिडे सुगाले अमेरिकी औषधि निर्माता फाइजरलाई कोभिड–१९ खोपको थप आपूर्तिको लागि अन्य देशहरूभन्दा पछाडि पर्ने खोपको गतिलाई थप आग्रह गर्नुभएको छ । 

व्हाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग कुराकानी गरेपछि सुगाले शनिबार आफ्नो वाशिंगटनको भ्रमणलाई फाइजरका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बाउलासँगको फोन वार्तासँग अन्त्य गर्नुभएको हो । 

जापानका अधिकारीहरूले आइतबार जनाएअनुसार सुगाले बाउलालाई खोपको थप आपूर्तिको लागि अनुरोध गर्नुभएको थियो । जापानले खोपको आपूर्तिमा कुनै समस्या नआएमा आगामी सेप्टेम्बरसम्ममा खोप लगाउन योग्य नागरिकहरूमा खोप पुर्याउने बताउनुभएको थियो । उक्त अवसरमा प्रधानमन्त्री सुगाले खोपको निरन्तर र स्थिर वितरण सुनिश्चित गर्न आग्रह गरेको उल्लेख छ । 

अधिकारीहरूका अनुसार बाउलाले सुगासँग यस बिषयमा फाइजरले जापानी अधिकारीसँग छलफल गर्ने बताउनुभएको बुझिएको छ ।

घरेलु खोप विकास अझै प्रारम्भिक चरणमा रहेको जापानमा खोपका लागि सहयोगी मुलुकबाट हुने आयातमा निर्भर हुनुपर्दछ र आर्थिक रूपमा शक्तिशाली मानिने यस मुलुकले फाइजर, एस्ट्राजेनेका र मोडर्नासँग सम्झौतामा हस्ताक्षर गरिसकेको छ । जापानले अहिलेसम्म फाइजरको खोप प्रयोगका लागि स्वीकृत गरिसकेको छ । 

जापानको सरकारले ३१ करोड ४० लाख मात्रा आपूर्तिका लागि विभिन्न खोप निर्माण कम्पनीसँग सम्झौता गरेको छ भने फाइजरसँगबाट मात्र १४ करोड ४० लाख मात्रा खोप लिने सहमति भएको छ । 

हालसालै कोभिडका घटनाहरूमा देखिउको वृद्धिको कारण सरकारले टोकियो र नौ अन्य सहरी क्षेत्रहरूको लागि सतर्कताको स्थिति जारी गरेको छ ।  

जापानले महामारी सुरूभएपछि हालसम्म कूल पाँच लाख २५ हजार २१८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ भने जापानमा कूल नौ हजार ५८४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।रासस/एपी

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ०८ बजे