साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।  

१४औँ महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको हो 

पार्टी कार्यालय सानेपामा आज दिउँसो ४ बजे बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न बैठक डाकिएको जनाइएको छ । 

कांग्रेसले १४औँ महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आइतावार बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेको थियो  ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : ०२ बजे