‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन

दमौली – आज साँझ परेको हावाहुरीसहितको वर्षाका कारण रुख ढलेर अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालन आएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा हावाहुरीले शिशौको रुख ढलेर अवरुद्ध भएको राजमार्ग सशस्त्र प्रहरीको सहयोगमा खुलेको हो । 

डुम्रे बजार नजिक साँझ ५ः५० बजे शिशौको रुख ढलेर केही बेर राजमार्ग अवरुद्ध भएको थियो । सशस्त्र प्रहरी मनकामना गणबाट खटिएको प्रहरी टोलीले रुख हटाएर राजमार्ग सञ्चालन गराएको सहायक प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : १६ बजे