‘एउटै नाउरको सिकार गर्न २३ लाख’

चितवनको अयोध्यामा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिर्दै

चितवन । चितवनको माडीस्थित अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पुर्णकदका मुर्ती स्थापना गरिने भएको छ ।
आज भरतपुरमा अयोध्याधाम व्यवस्थापन समितिले पत्रकार सम्मेलन गर्दै आगामी ८ गते रामनवमीको दिन  अयोध्याधाममा मुर्ती स्थापना गर्ने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री कार्यलयमा तयारीरुपमा रहेको मुर्ती ७ गते बिहान काठमाडौ राममन्दिरबाट स्वस्तिवाचनसहित प्रधानमन्त्रीले हस्तान्तरण गर्ने, बग्गी रथसहित करिब ५ सय सवारी साधन शोभायात्रा सहभागि हुँदै अगाडि बढ्ने र बेलुका पवित्र तिर्थस्थल देवघाटमा बास बस्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा बताईएकोछ ।

८ गते बिहान मुर्तीहरुलाई पवित्र जलले जलाभिषेश गरि प्रस्थान गरिने बताईएको छ । अयोध्याधाममा करिब ९ सय सवारी साधन र ४ हजार भक्तजनलाई खान बस्नको ब्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । कलश यात्रा तथा मुर्ती स्थापना कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडायन मन्त्री भानुभक्त ढकाल र बाग्मती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थिति रहने छ ।

(रेग्मी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुनुहुन्छ)
 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : ४४ बजे