काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी

काठमाडौँ । काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ। शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ।

अहिले घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको र नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको हो।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ६ : ४२ बजे