‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मलेसियासँग नेपालले टस हार्यो, पहिला बलिङ गर्ने

काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

ओमनमा जारी प्रिमियर कपमा मलेसियाका कप्तानले पहिला टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

ओमानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन रहेको नेपाल मलेशियालाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

नेपाल उपाधि रक्षा गर्ने लक्ष्यसहित ओमान पुगेको छ । नेपालले शनिबार कतारको सामना गर्दै छ भने बैशाख ३ गते हङकङ र बैशाख ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको समूह ए मा नेपालसहित मलेशिया, साउदी अरेबिया, कतार र हङकङ छन् । त्यस्तै समूह बी मा यूएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत छन् ।

प्रिमियर कपको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ४ : २४ बजे