‘एउटै नाउरको सिकार गर्न २३ लाख’

विदेशी धर्म प्रचारकलाई निगरानीमा राख्न गृह मन्त्रालयको निर्देशन

काठमडौं । गृह मन्त्रालयले धर्म प्रचारक विदेशीलाई निगरानीमा राख्न देशभरका सुरक्षा संयन्त्रलाई निर्देशन जारी गरेको छ ।

चैत २५ मा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमा विदेशी धर्म प्रचारलाई निगरानीमा राख्न निर्देशन जारी गरेको हो ।

विदेशीहरू गैर कानुनी रूपमा धर्मको प्रचार र परिवर्तन गराउने काममा सामेल हुँदै आएको बताउँदै मन्त्रालयले विना प्रवेशाज्ञा हिँडडुल गर्नेलाई कारबाही गर्न पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ३ : २० बजे