साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वार्षिक तीन करोड माला कारोबार हुने रोशीको बुद्धचित्तको बोट काटियो, घरको ढोका र आगनमा सकेट बम फेला

बनेपा। राेशी गाउँपालिका-५ नागबेली स्थित ठाकुरानी तामाङको बारिमा रहेको बुद्धचित्त मालाको बोट अपरिचित ब्यक्तिले काटेका छन् ।

गएराती अन्दाजी ०१:०० बजेको समयमा समुहमा आएका १५/२० जना अपरिचित ब्यक्तिले बुद्धचित्त मालाको रुख काटेका हुन् । उनिहरुले सोही घरको ढोका र आगनमा ४ वटा घरेलु सकेट बम समेत राखेका छन् । गएराति ठकुरानी तामाङको बोधिचित्तको रूख काटिदिएर घरको ढोकामा सकेट बम जस्तो देखिने विस्फोटक पदार्थ राखिदिएको पाइएको बागमती प्रदेश प्रहरीका डीआईजी विष्णुकुमार केसीले जानकारी दिए । 

नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरिले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।काटेको बुद्धचित्त (बोधिचित्त)को रुख वार्षिक तीन करोड रुपैयाँ लेन–देन सम्झौतामा विक्री भएकाे थियाे ।

 

घरधनी शेरबहादुर तामाङले  बताएअनुसार, वार्षिक ३ करोड रुपैयाँमा सम्झौता गरेर बुद्धचित्तको रुख बिक्री गरिएको थियो । सम्झौता अनुसार, विक्री भएको रुखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजाने थिए ।

उनले काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको बताए ।  सत्यमान लामा र त्रीपाठी वर्षेनी जोडिने यो बोटको मालाका विषयमा सधै विवाद हुने गर्दथ्यो । यो बोटको मालाकै विषयले रोशी क्षेत्र बर्षेनी तनाबमा समेत पर्ने गरेको थियो । 

माला किनबेच गर्ने र एकले अर्काको रकम हिनामिना गर्ने, ठगी गर्ने, माला नै चोरी गर्ने, एउटालाई बेचेको माला अर्कोलाई पनि बेचिदिने, संझौता एउटाले गर्ने अर्कैले टिप्ने जस्ता विषय र यो बोटमा फल्ने सानो आकारको मालाको कारण यो बोट सधै काभ्रेमा चर्चाको विषय बन्थ्यो । मालाको कारोबारमा भइरहेको दुस्मनीले नै बोट काटिएको हुनसक्ने स्थानीयहरुको अनुमान छ । 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १० : ३० बजे