मन्थली विमानस्थलमा पानी पस्यो

इद पर्वले आपसी एकताको भावना सुदृढ गर्न थप प्रेरणा प्रदान गरोस् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले इद (इद–दुल–फित्र) जस्ता धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
     
इस्लाम धर्मावलम्बीको महान् पर्व, इदको अवसरमा शुभकामना सन्देश दिनुहँुदै पूर्वराष्ट्रपति भण्डारीले इद पर्वले सबै नेपालीबीच आपसी एकताको भावना सुदृढ गर्दै सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्नेतर्फ अग्रसर हुन थप प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिनुभएको छ ।
     
पूर्वराष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । 

“इदको सन्दर्भमा, मुस्लिम समुदायले जकात अल–फित्र भनिने अनिवार्य दान गर्नुपर्ने मान्यता छ । यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले जोगाउनु पर्दछ”, पूर्वराष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख  छ ।   

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ७ : १५ बजे