साफ यू–१७ च्याम्पियनसिप आजदेखि

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष पक्राउ

काठमाडौँ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गरिएको मानव बेचबिखन ब्यूरोका एसएसपी ओम रानाले जानकारी  दिनुभयाे ।

अध्यक्ष घलेले मानव बेचविखन विरुद्धको कसुर गरेको आरोप छ । २०७३ साउन २२ मा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । नेपाली महिलाहरूलाई कुवेत पठाउँछु भनेर उनले श्रीलङ्का पठाएको अनुसन्धानबाट खुलेको छ । सो घटनामा संलग्न अरु दुई जना फरार छन् । 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  २ : ४३ बजे