संसद बैठक आज पनि बस्दै ,आजको बैठक पनि अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । प्रतिनिधिसभाको स्थगित बैठक आज बस्दैछ । बैठक ११ बजे बस्नेछ । संसदकाे आजको कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्यसूची रहेकाे छ ।

त्यस्तै, अर्थ मन्त्री वर्षमान पुनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले उत्तर दिने कार्यसूची छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने सम्भावित कार्यसूची छ ।

गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठनका लागि सरकार तयार नभए आजको बैठक पनि अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ८ : १३ बजे